काठमाडौं, १७ भदौ । टेलिफोन सेवा प्रदायक कम्पनि एनसेलले नजिकिदै आएको चाडपर्वको अवसरमा ग्राहकका लागि रिचार्ज एण्ड विन अफर ल्याएको छ ।
योजना अन्तरगत १० भाग्यशाली ग्राहकले हरेक हप्ता १ लाख नगद पुरस्कार प्राप्त गर्ने एनसेल प्राइभेट लिमिटेडले जनाएको छ । योजनामा साताभरमा १ सय रुपैयाभन्दा वढिको रिचार्ज गर्ने प्रिपेड तथा पोष्टपेड ग्राहकले भागलिन सक्नेछन ।




