चितवन, १५ भदौ । चितवन स्थित मेघौली ऐयरपोर्ट फेरी बन्द भएको छ । लामो समयदेखि बन्द रहेर गत वर्षको कात्तिकबाट पुनः सञ्चालनमा आएको चितवनको मेघौली एयरपोर्ट फेरि बन्द भएको हो ।
हप्ताको दुई दिन उडान भर्दै आएको नेपाल एयरलाइन्सले अहिले उडान नभरेका कारण विमानस्थल वन्द गर्नुपरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल ऐयरलाइन्सले उक्त विमानस्थलमा गत माघ महिनासम्म उडान भदै आएको थियो ।
चितवनको भरतपुरबाट करिब ३० किलोमिटर पश्चिममा मेघौली विमानस्थल रहेको छ । विसं २०३० मा बनेको विमानस्थल २०६६ सालसम्म नियमित सञ्चालनमा आएको थियो ।