एजेन्सी, १५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन डब्लूटीओ बाट बाहिरिने चेतावनी दिएका छन ।
डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । ट्रम्पले डब्लूटीओले अमेरिकाप्रति पक्षपातपूर्ण व्यवहार गर्दै आइरहेको आरोप केही समयदेखि लगाउँदै आइरहेका छन् । संरक्षणवादी नीतिमा जोड दिँदै आइरहेका ट्रम्पले डब्लूटीओले गलत व्यहवार गरिरहेको बताएका हुन । राष्ट्रपति ट्रम्पको डब्लूटीओबाट बाहिरिने चेतावनीले ट्रम्पको व्यापार नीति र डब्लूटीओको खुला व्यापार प्रणालीबीच द्वन्द्व उजागर गरेको छ ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरले पनि अमेरिकी सम्प्रभूतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । पछिल्लो केही समययता अमेरिका व्यापारिक द्वन्द्वमा फस्दै आइरहेको छ । अमेरिका भित्रिने विदेशी सामानहरुमा अमेरिकाले अतिरिक्त कर लगाएपछि त्यो डब्लूटीओको नीतिविपरीत भएको भन्दै चीनले आलोचना गरिरहेको छ ।