काठमाडाैं, १३ भदाै । नेपाली कांग्रेसको विधान मस्यौदा समितिले आफ्नो कार्यविधि र कार्यतालिका पारित गरेको छ । पार्टीलाई संघीयता अनुरुपका संरचनामा लैजान विधान संशोधनका लागि गठित विधान मस्यौदा समितिले आन्तरिक कार्यविधि र कार्यतालिका सर्वसमम्तिबाट पारित गरेको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।
पारित कार्यविधि अनुसार नेपाली कांग्रेसका पुराना नेताहरु, केन्द्रीय सदस्य, भातृ तथा सुवेच्छुक संस्थाका सदस्यहरु, जिल्ला कार्यसमितिहरु, विदेशस्थित जनसम्पर्क समिति तथा आम मतदातासँग सुझाव लिने निर्णय मस्यौदा समितिले गरेको छ ।
सुझाव दिनका लागि समितिले आगामी २१ गतेसम्मको समयसिमा समेत तोकेको छ । यस्तै समितिले घटस्थापनासम्म पहिलो मस्यौदा तयार पार्ने र्कातालिका समेत पारित गरेको छ ।
विधान मस्यौदा समितिले कम्तिमा सात प्रदेशमा आफै पुगेर सुझाव संकलन गर्ने र सम्भव भएसम्म ७७ जिल्लामा समेत पुगेर सुझाव लिने तयारी गरेको छ ।




