काठमाडौं, ७ भदौ । उपेन्द्र यादवसँगको पार्टी एकीकरण प्रक्रिया अन्त्य गर्नुको भित्री कारण खुलाउँदै बाबुराम भट्टराईले निकटस्थहरुसँग सोही साँझ भने, ‘उताबाट सूत्रले यो प्रक्रिया रोक्नुस्, तपाईंहरुलाई ठूलो घाटा लाग्छ, बच्नुस् भन्ने कुरा आयो त्यसैले सबै कुरा ठूकै चल्दाचल्दै पनि प्रक्रिया छोडियो। सम्भावनालाई अन्त्य गरियो।’
नयाँ शक्ति पार्टी सम्बद्ध उच्च स्रोत भन्छ, ‘हो, यही विन्दुबाट नयाँ शक्तिमा गडबडी शुरु भो र यसका लागि जिम्मेवार एकमात्र व्यक्ति स्वयं बाबुरामजी नै हो ।’ उनका अनुसार चाहना राखे र प्रस्ताव गरे अनुसार नै बाबुराम पहिलो दर्जामा, दोश्रो उपेन्द्र, तेश्रो अशोक राई रहने कुरामा सहमति भइसकेको थियो।
पहिले बाबुराममा रहेका १० अधिकारमध्ये बैठक बोलाउने, अध्यक्षता गर्नेलगायत चारवटा बाबुरामलाई, ‘दैनिक कार्यसञ्चालनका ६ वटा अधिकार उपेन्द्य्रलार्य दिने कुरा पन मिलेको थियो । पार्टीको नाम नयाँ समाजवादी पार्टी राख्ने, झण्डा नयाँ शक्तिकै प्रयोग गर्नेमा दुवैपक्ष सहमत थिए।
तर, दुई नम्बरको चुनावसम्मका लागि चाहिँ ‘नयाँ समाजवादी फोरम’ भनेर पार्टीको नाम राख्नेमा दुईमत थिएन । एकीकरण पनि बराबर अर्थात् फोरमका १६ जना पदाधिकारी भएकाले यताबाट पनि १६ जना नै राख्ने, अथवा तीन जना शीर्ष नेताको पदाधिकारी समिति बनाएर अरुलाई राजनीतिक समितिको नाममा बराबर संख्इामा राख्ने विकल्पमा पनि कुनै विवाद बाँकी थिएन।
तर, एक्कासि बाबुरामले युटर्न गरेपछि सबै प्रक्रिया भाँडियो । नयाँ शक्तिका अरु नेताहरुले यो राष्ट्रिय एकता हो, हल्का रुपमा लिनहुँदैन भनेर एकताको पक्षमा जोड लगाइरहेका थिए । यो एकीकरणलाई उत्तर र दक्षिण दुवैले रुचाउँदैनन्, भाँड्न सक्छन् भनेर पटक–पटक पूर्वमाओवादी कित्ताबाट बाबुरामलाई एकीकरणका लागि सकारात्मक बन्न आग्रह गरिएको थियो । उनीहरुले ‘प्रो नेपाली भएर काम गरौं’ भनेका थिए।
स्रोतका अनुसार पछि पार्टी बैठकमा बाबुरामले पूराका पूरा एकताको विरुद्धमा ब्रिफिङ गरेका थिए जबकि त्यो सब झूटो थियो । उनले त्यो बेला थोरै पनि राजनीतिक इमान्दारिता कायम नराखेकोमा भने सबै चकित छन्।
उनले भनेका थिए, ‘उपेन्द्रलाई अध्यक्ष मान्दा पनि एकीकरण भएन । ल भन्नुस्, उपेन्द्रलाई सवोच्च मानेर जान सकिन्छ रु’ हलको जवाफ थियो, ‘सकिन्न १’ तर कुरा त्यस्तो थिएन । उनले फोरमले पार्टीको नाम पनि फोरम नेपाल, झण्डा पनि उनीहरुकै, वैकल्पिक नीति नमान्ने, परम्परागत ढंगले जानुपर्ने अडान राखेपछि कुरा टुंगिएको भन्दै व्याख्या गरे।
त्यहाँ उनले वार्तामा सक्रिय रहेका रामचन्द्र झा, देवेन्दल्र पौडेल र खिमलाल देवकोटाको पनि उछितो काढेका थिए। ‘यस्तो कुरा मानेर एकता गरौं भन्ने कस्ता बेवकूफ रहेछन् साथिहरु ! मत छक्क परेको छु’, बाबुरामले भनेको श्रोत बताउँछ। जनआस्था साप्ताहिकमा खबर छ।