दशकदेखि विज्ञापन, शून्य आवेदन, तीन पद अझै रिक्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

दशकदेखि विज्ञापन, शून्य आवेदन, तीन पद अझै रिक्त

काठमाडौं, ७ भदौ । लोक सेवा आयोगले १० वर्षदेखि खानी तथा भूगर्भ विभागका लागि खानी इन्जिनियर र मेटार्लजिस्ट पदका लागि आवेदन माग्दै आए पनि अहिलेसम्म पूर्ति हुन सकेको छैन।

 

कहिलेकाहिँ १–२ आवेदन परे पनि उम्मेदवार अनुत्तीर्ण हुँदा यी पद वर्षौंदेखि रिक्त भएका हुन्। विभागका अनुसार, खानी इन्जिनियरिङतर्फ राजपत्रांकित तेस्रो श्रेणीका ८ पद, राजपत्रांकित दोस्रो श्रेणीका ४ दरबन्दीमध्ये एउटा रिक्त छ।

 

मेटार्लजिस्ट इन्जिनियरतर्फ राजपत्रांकित तेस्रोमा ५ दरबन्दी र राजपत्रांकित दोस्रो श्रेणीका ४ मध्ये २ दरबन्दी रिक्त छन् । खुला प्रतिष्पर्धाबाटै यी पदपूर्ति गरिने भएकाले विज्ञापन बन्द नगरिने लोकसेवा आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले बताए।

 

नेपालमा खानी इन्जिनियरिङको अध्यापन हुँदैन र छात्रवृत्तिमा विदेशमा अध्ययन गराउने व्यवस्था पनि छैन। विदेशमा खानी इन्जिनियरिङ अध्ययन गरेर आउन विद्यार्थीले पनि अभिरुचि देखाएका छैनन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);