कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनतालाई करको मारमा नपार्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनतालाई करको मारमा नपार्ने

काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेतृत्व लिएको स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन् ।

नेपाली काँग्रेसले सोमबार काठमाडौंका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम सुरु गरिएको स्पष्टिकरण दिएका हुन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई न्यून बजेटको व्यवस्था गरिएको भन्दै सरकारको चर्को आलोचना गरे । उनले जनतालाई मारमा पार्नेगरी कर नलिएको बताए ।

मेयर महर्जनले स्थानीय घरभाडा कर स्थानीय तहले लिने व्यवस्था भएपनि सरकारले गत वर्षको साउनदेखिको घरभाडा कर स्थानीय तहलाई हस्तान्तरण नगरेको गुनासो गरे ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जनतालाई दुःख दिने गरी कर लिने काम काठमाडौं महानगरपालिकाले नगरेको बताए । उनले जनतालाई सेवा दिएर कर लिने व्यवस्था गर्न आफूहरु केन्द्रित रहेको स्पष्ट पारे ।

काँग्रेसबाट निर्वाचित स्याङजा वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारीले जनतालाई सास्ती हुने गरी कर नलिने प्रतिवद्धता व्यक्त गरे । उनले जनतालाई सेवा, सुविधा दिएर कर लिने नीति आफ्नो नगरपालिकाले लिएको पार्टी नेतृत्वलाई बताइन् ।

काँग्रेसबाट निर्वाचित नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले स्थानीय सरकार संचालन ऐन अनुसार कर लिइएको बताए । उनले जनताले दिएको सुझावको आधारमा कर सम्बन्धि कार्यविधिलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा काँग्रेस नेताहरुले जनतालाई सास्ती दिने गरी कर नलिन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);