काठमाडौं, १० भदौ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ । गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सेवाग्राहीको पोसाकबारे आन्तरिक छलफल सुरु भएको बताए ।
कर्मचारीको निश्चित पोसाक भएपछि सेवाग्राही पनि मर्यादित पोसाकमा आउनु राम्रो हो, उनले भने, यसबारे केहि निर्णय त भएको छैन, छलफल भने चलाएका छौँ । मर्यादित पोसाक भनेको कस्तो हो, त्यो चाहिँ यकिन भईसकेको छैन । विस्तृत छलफलपछि पोसाक टुंगो लगाईने मन्त्रालयले जनाएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।




