पाटनस्थित कृष्ण मन्दिरकाे पुन:निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

पाटनस्थित कृष्ण मन्दिरकाे पुन:निर्माण सम्पन्न

कविता कार्की

काठमाडौं, ९ भदौ । विनाशकारी महाभूकम्पले क्षति पुर्याएको ३९ महिनामा पाटनस्थित कृष्ण मन्दिर पुनर्निर्माणले पूर्णता पाएको छ । ललितपुरको पाटन दरवार क्षेत्रका अन्य मठमन्दिरहरुले पनि छिटै पूर्णता पाउने जिम्मेवार पदाधिकारीको दावी छ ।

०७२ सालको भूकम्पले साना–ठूला गरी सातसय ५३ वटा ऐतिहासिक सम्पदामा क्षति पु¥याएको थियो । क्षतिग्रस्त भएका सम्पदामध्ये काठमाडौंमा दईसय ५०, पाटनमा एकसय ३० र भक्तपुरमा ७८ छन् । ती मध्ये कमैमात्र संचनाको पुनर्निर्माण सम्पन्न भएको छ ।

भूकम्पको ३९ महिनामा ललितपुरको केन्द्रमा रहेको कृष्ण मन्दिरले भने पूर्णता पाएको छ । कृष्ण मन्दिरको पुनर्निर्माण पुरानै ढाँचामा गरिएको छ । पुनर्निण्माले पूर्णता पाएपछि शुक्रवार संस्कृती, पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीबाट उद्घाटन गराएर मन्दिरको नियमित दर्शन तथा पुजा समेत अघि बढेको छ ।

मन्दिर पुनर्निर्माण सकिएपछि उत्साहित भएका मन्त्री अधिकारीले कुष्ण मन्दिर जस्तै अन्य सम्पदाहरुले पनि छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरे ।

जर्मनी र जापानको ५७ लाख रुपैयाँको सहयोगमा पुनर्निर्माण भएको मन्दिरसँगै पुरातात्विक सम्पदा निर्माणको सुरुवात भएको छ । यसले जिम्मेवारीमा बसेका अधिकारीहरुलाई समेत उत्साहित बनाएको छ ।

पुनर्निर्माणले ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई पनि उत्साहित बनाएको छ । अन्य जिल्लाको तुलनामा ललितपुर महानगरपालिकामा पुनर्निर्माणले तीव्रता पाएको उनले बताए ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार भूकम्पले क्षति पुराएका सातसय ५३ ऐतिहासिक सम्पदामध्ये अहिलेसम्म १ एक ८५ वटाले मात्र पूर्णता पाएको छ । कतिपय सम्पदाहरु पुरानै शैलीमा बनाउनु पर्ने भएका कारण केही कठिनाइ भएको भन्दै दाहाल अब छिटो भन्दा छिटो अन्य सम्पदाको पनि पुनर्निर्माण हुने बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);