अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मोरिसन चयन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मोरिसन चयन

scott morrisson

एजेन्सी, ८ भदौ । सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । पार्टीभित्र व्यापक विरोधको सामना गरिरहेका बहालवाला प्रधानमन्त्री म्याल्कम टर्नबुललाई पार्टीले पद छोड्न भनेकाे हाे ।

अस्ट्रेलियाली अधिकारीहरूका अनुसार प्रधानमन्त्री म्याल्कम टर्नबुललाई पार्टीले नेतृत्वको प्रतिस्पर्धामा समेत सामेल हुन दिएँन । टर्नबुल पार्टीभित्र निकै आलोचित रहेका थिए ।

मतदानमा वर्तमान सरकारमा अर्थमन्त्री रहेका स्कट मोरिसन र गृहमन्त्री पीटर डटनबीच प्रतिस्पर्धा भएको थियो जसमा मोरिसनले ४५ मत प्राप्त गरेका थिए ।  कुल ४० मत पाएका डटनले नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई पूर्ण सहयोग गर्ने बताएका छन् ।

शुक्रवार समाप्त भएको मतदान अस्ट्रेलियाको राजनीतिक इतिहासमा नै सर्वाधिक नाटकीय रहेको बताइएको छ सुरुमा मोरिसन यस दौडमै सामेल थिएनन् । मंगलवार मात्र पीटर डटन म्याल्कम टर्नबुलसँग प्रतिस्पर्धा हारेका थिए ।

तर म्याल्कमका प्रमुख समर्थकहरूले उनको साथ छोडेपछि मोरिसन र बिसप पनि प्रतिस्पर्धामा उत्रिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);