दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर

cbt exam

काठमाडौं, ८ भदौ ।  दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा (सीबीटी) आजबाट शुरु भएको छ ।

ईपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ ।कम्प्युटरबाट परीक्षा लिइने भएकाले परीक्षा करीब एक महिनासम्म चल्नेछ ।

कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा पास गरेपछि पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त हुनेछ ।परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);