काठमाडौं, ८ भदौ । साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । अरबमा सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो ।
उनीहरुलाइ मानवअधिकार उलङ्घन गरेको आरोप लगाइएको छ । सन् २०११ देखि पूर्वी प्रान्तमा प्रदर्शन गर्दै आइरहेकी महिला अधिकारकर्मी इश्रा अल गोमघाम मानवअधिकार हननसम्वन्धी अभियोगमा मृत्युदण्डको सजाय तोकिने पहिलो महिला भएकी छन् ।
उनलाई सन् २०१५ को डिसेम्बर महिनामा आफ्नै घरबाट श्रीमान सहित नियन्त्रणमा लिइएको एम्नेष्टी इन्टरनेशनल र ह्युमन राईट्स वाचले जनाएका छन् । सरकार विरोधी प्रदर्शनमा सम्लग्न भएको अभियोगमा इश्रा सहित पाँच जनाले अहिले भयावह दण्ड सजाय भोगिरहेका छन् । निर्णय फिर्ता लिन साउदी अरबका अधिकारीसँग आग्रह गरिरहेको एम्नेष्टी इन्टरनेशनलका मध्यपूर्व निर्देशक समाह हाडिडले बताएका छन् ।