ट्याक्सी चालकलाई आजदेखि पहेँलो ज्याकेट लगाउन अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

ट्याक्सी चालकलाई आजदेखि पहेँलो ज्याकेट लगाउन अनिवार्य

taxi driver dress

काठमाडौं, ६ भदौ । उपत्यकाका ट्याक्सी ड्राइभरहरुका लागि छुट्टै ड्रेस तय गर्ने विषयमा पटकपटक छलफल भए पनि निष्कर्षमा नपुगेपछि अर्को उपाय निकालिएको छ । महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरलाई छुट्टै ड्रेसको सट्टामा पहेँलो फ्लोरेसेन्ट ज्याकेटको लगाउनु पर्ने व्यवस्था लागू गर्न लागेको हो ।

बुधबारदेखि ट्याक्सी चालकलाई अनिवार्य रुपमा ज्याकेट लगाउनु पर्ने नियम लागू गर्न लागिएको हो । चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा ड्रेसको साटो ज्याकेट लगाउनु पर्ने व्यवस्था लागू गरिएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले ट्याक्सी चालकहरुले बुधबार बिहानदेखि फ्लोरेसेन्ट ज्याकेट लगाउने बताए ।

संघले एउटै रंगको ज्याकेट व्यवस्था गरेको छ । त्यसलाई न्यूनतम मूल्यमा खरिद गरेर उनीहरुले लगाउनुपर्न छ । यसले सर्वसाधारणलाई चालकको पहिचान गर्न सहज हुने विश्वास लिइएको छ । सार्वजनिक सवारीमा यात्रुमाथि चालक र सहचालकबाटै दुव्र्यवहार हुने गरेको गुनासो आउने गरेकाले सर्वसाधारणले चालकको पहिचान गर्न सहज हुने छ भने चालकहरु पनि आफ्नो पेशाप्रति उत्तरदायी हुनेछन् ।

यदी उनीहरुले ज्याकेट लगाएनन् भने पहिलो चरणमा सचेत गराइने छ भने, त्यसपछि पनि अटेर गरे केही कानुनको दायरामा ल्याइने महाशाखाले बताएको छ । यातायात व्यवस्था कार्यालय, बागमती मातहत हाल ११ हजार ट्याक्सी चालक रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);