किन रोकियो कर्मचारी समायोजन प्रक्रिया ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

किन रोकियो कर्मचारी समायोजन प्रक्रिया ?

sarkari karmachari

काठमाडौं, ६ भदौ । ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको छ । सरकारले हाल संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको छ ।

सो विधयेक पारित नभएसम्म कर्मचारी समायोजन प्रक्रिया अघि नबढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । समाचारमा लेखिएको छ, मन्त्रालयका अनुसार सो विधयेक मन्त्रिपरिषद्बाट संसदमा लग्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मन्त्रालयले यसअघि साउनको दोस्रो सातादेखि कर्मचारी समायोजनका प्रक्रिया रोकेको थियो । यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजना प्रक्रिया अघि बढाउने जनाएको थियो । तर भदौं पहिलो सातासम्म समायोजनका प्रक्रियाको कुनै काम अघि बढेको छैन । समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);