नेपाल–भारतबीचका असमझदारी हटाउन प्रधानमन्त्रीलाई परराष्ट्रविदको सुझाव | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

नेपाल–भारतबीचका असमझदारी हटाउन प्रधानमन्त्रीलाई परराष्ट्रविदको सुझाव

deuba

काठमाडौं, ६ भदौ । परराष्ट्रवीद्हरुले भारतसँग विगतमा भएका समझदारी कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । परराष्ट्रवीद्हरुले नेपाल–भारतबीच पछिल्लो समय देखिएको असमझदारी हटाउन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

 

बुधबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै छन् । परराष्ट्रविद्हरुले मंगलबार प्रधानमन्त्री देउवासँग भेट गरी भ्रमणका क्रममा दुई मुलुकबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न जोड दिन सुझाएका छन् ।

 

विगतमा भएका सहमति कार्यान्वयन गर्दै आपसी विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको परराष्ट्रविद् डा. भेषबहादुर थापाले जानकारी दिए । उनले दुई मुलुकबीचको गहिरो सम्बन्ध अनुसारको संवाद र सहकार्यको आवश्यक्तामा पनि जोड दिए ।

 

परराष्ट्रविद् लोकराज बरालले द्धिपक्षीय हितका विषयमा भ्रमण केन्द्रित गर्न सुझाव दिएको बताए । उनले तराई मधेशमा भईरहेको डुबान समस्या समाधान गर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको बताए । प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिन हुने परराष्ट्र मन्त्रालयले पनि जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);