भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई ओलीका सुझाव | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई ओलीका सुझाव

kp oli

असमान प्रकृतिका सन्धी सम्झौताहरुलाई राष्ट्रहित अनुकुल हुने गरी अध्यावधीक र पुनरावलोकन गर्नुपर्नेमा अाेलीकाे जाेड –

 

कठमाडौं, ६ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीचका असमान प्रकृतिका सन्धी सम्झौताहरुलाई राष्ट्रहित अनुकुल हुने गरी अध्यावधीक र पुनरावलोकन गर्नुपर्नेमा भारतीय पक्षसंग कुरा गर्न सुझाव दिएका छन् ।

 

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा समय लिएर बोलेका अध्यक्ष ओलीले वर्तमान समयको आवश्यकता अनुसार पुराना सन्धी सम्झौताको पुनरावलोकन र अध्यावधीक गरिनुपर्ने सुझाव दिए ।

 

राष्ट्रहित अनुकुल हुने सन्धि सम्झौताको पुनरावलोकन

 

उनले भारतीय सिमामा अन्तराष्ट्रिय कानुनविपरित निर्माण गरिएका संरचना नेपालको प्रत्यक्ष हित विपरित भएको भन्दै गैह्कानुनी र अनुचित ढंगले बनाईएका संरचनाको बारेमा गम्भीर ढंगले कुरा उठाई राष्ट्रहित अनुकुल हुने सन्धि सम्झौताको पुनरावलोकन गर्ने सहमति गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

 

राष्ट्रहितका पक्षमा कुरा राख्नुस्

 

अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।

 

 

भारतले उर्जा नीति सच्याउनुपर्ने

 

भारतले आफुले लगानी गरेका बाहेक अरु देशले लगानी गरेको उर्जा नकिन्ने नीति सार्वजनिक गरेको तर्फ गम्भीर ध्यानाकर्षण गराउँदै ओलीले यस बारेमा प्रधानमन्त्रीले भारतीय पक्षसंग कुरा गर्नुपर्नेमा ओलीले जोड दिए । उनले उर्जा सम्बन्धमा सार्वजनिक नीतिलाई भारतले सच्याउनुपर्ने तर्क गरे ।

 

पुराना सन्धि सम्झौतामा स्पष्ट धारणा

 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले महाकालि सन्धी लगायत पुराना सन्धि सम्झौता कार्यान्वयन तथा सुपुर्दगी सन्धिको उल्लेखित कानुनी सहायताको सवालमा स्पष्ट धारणा राख्न ओलीले आग्रह गरे । एउटा देशको काुनु्न व्यवसायी अर्को देशमा गएर वहस पैरवी गर्ने प्रावधान कुनै अवस्थामा स्वीकार्य नहुने भन्दै उनले त्यसतर्फ प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए ।

 

छिमेकी राष्ट्रसंग थिचोमिचोका कुराहरु राख्न सुझाव

 

आफुमाथि भएका थिचोमिचोका कुराहरु छिमेकी राष्ट्रसंग राख्न डराउनु नपर्ने भन्दै उनले भारतले विराटनगरमा राखेको सम्पर्क कार्यालय, सो कार्यालयबाट भईरहेका अनधिकृत क्रियाकलाप सच्याउन र सिमा सुरक्षार्थ खटिएकाबाट बेला बेलामा भएका दु:खद घटना बारे प्रधानमन्त्रीले भारतीय पक्षसंग स्पष्ट कुरा राख्नुपर्नेमा ओलीले जोड दिए ।

 

नेता ओलीले असंलग्न राष्ट्र, राष्ट्रिय हित, अन्तराष्ट्रिय उत्तर दायित्व लगायतमा तटस्थताको सिद्धान्त र नीति वर्तमान परिस्थितिमा पनि कायम राख्दै अध्यक्ष राष्ट्रको दृष्टिले प्रधानमन्त्रीले सार्कशिखर सम्मेलन पुन: सुचारु गराउनका लागि पनि भारतसंग सहमतिको पहल गर्नुपर्ने आवश्यकता औल्याए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);