अध्ययनका लागि विदेसिने विद्यार्थी ठगिदै | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

अध्ययनका लागि विदेसिने विद्यार्थी ठगिदै

higher education

प्रकाश बुभुक्षित
काठमाडौं, ३ भदौ
। उच्च शिक्षा अध्ययनका लागि विदेशीनेको संख्या बढ्दो छ । हरेक वर्ष हजारौं विद्यार्थी अध्ययनका लागि विदेश पलायन भइरहेका छन् । तर, लहलहैमा विदेशको यात्रा तय गर्दा धेरै विद्यार्थी ठगीमा परेका छन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जानेको संख्या हरेक वर्ष बढिरेहको छ । आर्थिक वर्ष २०७३-७४ मा ५० हजार ६ सय ५९ जना विदेश पढ्न गएकोमा आर्थिक वर्ष २०७४-७५ यो संख्यामा करिब ८ हजारले बृद्धि भएको छ । गत आर्थिक वर्षमा ५८ हजार ७ सय ५८ जनाले अध्ययनका लागि विदेश जान नो अब्जेक्सन लेटर लिएका छन् ।

अभिभावकहरुमा आफ्ना सन्ततीलाई विदेशमा पठाउँदा सामाजिक प्रतिष्ठा बढ्ने सोच तथा पठाइ सँगै पैसा कमाउने लोभले विद्यार्थी विदेशीरहेका छन् । तर, आफू जान लागेको देश र विश्वविद्यालयको बारेमा पूर्ण जनाकारी नलिइ विदेश भासिदा विद्यार्थीहरु ठगीमा पर्ने गरेका छन् ।

अभिभावक र विद्यार्थीहरु भने सहजकर्ताको भूमिकामा रहेको कन्सलटेन्सीको गलत सूचनाका कारण ठगीमा पर्ने गरेको गुनासो गर्छन । सरकारले नियमित रुपमा कन्सल्टेन्सीहरुको गतिविधि नियमित अनुगमन गर्नुपर्ने उनीहरुको भनाइ छ ।  तर, कन्सल्टेन्सी व्यवसायीहरु भने यो स्वीकार्न तयार छैनन् । अभिभावक र विद्यार्थी नै कुरा नबुझी कमाउने लोभमा लाग्दा ठगिने गरेको उनीहरुको दाबी छ ।

उसो त नेपालमा उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालय नभएका होइनन् । तथापी विद्यार्थीको रोजाइ अनुसारको विषय नहुनु तथा आम्दानी पनि हुने हुँदा विद्यार्थीहरु अध्ययनका लागि विदेश गइरहेका छन् । उनीहरुलाई सही सल्लाह सुझाव दिनु कन्सल्टेन्सीहरुको पनि दायीत्व हो । अध्ययनका लागि विदेश जाने विद्यार्थी ठगीमा पर्ने घटनाको अन्त्य गर्न सम्बन्धित निकाय तथा स्वयम अभिभावक र विद्यार्थी सचेत हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);