काठमाडौं, २ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सञ्चार जगतलाई प्रतिकुल हुनेगरि कानून नबनाईएको बताएका छन् ।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै मन्त्री ढकालले कानून सञ्चार जगतको हित विपरित नभएको दाबी गरे । उनले नयाँ कानूनमा कमजोरी भए र राज्यले अनुभुत गर्यो भने संसदमा संशोधन प्रस्ताव लैजान सकिने बताए ।
उनले सञ्चार जगतको छाता ऐन पनि आउन लागेकोले नआत्तिन आग्रह गरे । नागरिकता सम्बन्धी विधेयक संसदको बिजनेशमा गईसकेकाले संसदको निर्णय अनुसार अघि बढ्ने बताए ।