विराटनगर, २ भदौ । भारतीय कम्पनीले उत्पादन गरेको ‘मिलो’ नामक जुस पिउँदा महानगर–२ स्थित बुढानीलकण्ठ बोर्डिङ स्कुलका १५ विद्यार्थी शुक्रबार बिरामी परेका छन् ।
विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, पातलो दिसा लाग्ने र पेट दुख्ने लक्षण देखिएको चिकित्सकले बताएका छन् । बिरामीमध्ये ५ जनाको विराट अस्पतालमा उपचार भइरहेको छ । बाँकी उपचारपछि घर फर्केका छन् ।
जुस उत्पादक कम्पनी ‘नेस्ले’ का बजार प्रतिनिधिले विद्यालयका कक्षा ३ देखि ७ सम्मका विद्यार्थीका लागि फुटसल कार्यक्रम आयोजना गरेका थिए । त्यही क्रममा विद्यार्थीलाई जुस खुवाइएको थियो । विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईका अनुसार सयभन्दा बढी विद्यार्थीले जुस पिएका थिए ।
बिरामीमध्येका अंशु साह, कृषरञ्जन कर्ण, एन्जल साह, एलिसा साह र रोशन दासको अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




