काठमाडौं, ३१ साउन । सांसदहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले जाजरकोटको विभिन्न क्षेत्रका नागरिक बाढी पहिरोको चपेटामा परेको भन्दै तत्काल स्थलगत अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।
सांसदहरुले जाजरकोटको विभिन्न स्थानमा आएको बाढी र पहिरोले भेरी नदी केहीबेर थुनिदा ठूलो प्राकृतिक विपत्ति आईपरेको जानकारी गराए । गत मंगलबार जाजरकोटमा नलगाड नगरपालिकास्थित वडा नम्बर २, ३, ६ र ७ मा आएको बाढि र पहिरोका कारण त्यहाँको बस्ती जोखिमा परेको छ ।