पुन:वहालीको माग गर्दै साझा प्रकाशनको कार्यालयमा धर्ना | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

पुन:वहालीको माग गर्दै साझा प्रकाशनको कार्यालयमा धर्ना

sajha prakashan

काठमाडौं, ३० साउन । स्वेच्छिक अवकासको प्रलोभन देखाएर आफुहरुलाई सेवा सुविधाबाट बन्चित गरिएको भन्दै स्वेच्छिक अवकासको नाममा विना पैसा हटाईएका कर्मचारीहरु पुर्नवहालीको माग गर्दै साझा प्रकाशनको कार्यालयमा धर्ना बसेका छन् ।

२०७३ सालमा स्वेच्छिक अवकासको नाममा साझा प्रकाशनबाट हटाईएका ती कर्मचारीले महाप्रबन्धक डोलेन्द्र प्रसाद शर्माले सहमति अनुसार समय भित्रै उपदान नदिएकाले पुर्नवहालीको माग गरिएको बताएका छन् ।

सेवा वापतको सुविधा नदिई महाप्रबन्धक र साझा प्रशासनले आफुहरुलाई झुक्याएर हटाएको दाबी उनीहरुको छ । पूर्व कमचारी आन्दोलन समितिका संयोजक धिरेन्द्रराज खनालले महाप्रवन्धक डोेलेन्द्र प्रसाद शर्माले २०७५ असार मसान्त सम्ममा उपदानको रकम उपलव्ध गराउने र रकम उपलव्ध गराउन नसके पुर्नवहाली गर्ने लिखित प्रतिवद्धता गरेको दावी गरे ।

२ बर्ष भईसक्दा पनि कर्मचारीको हितमा कुनै निर्णय नभएकाले आफुहरु आन्दोलित भएको उनले बताए । पूर्व कर्मचारी प्रेम वहादुर कार्कीले आफुहरुलाई सेवा सुविधावाट वञ्चित गराएकाले आन्दोलनमा उत्रिनुपरेको स्पष्ट पारे । पूर्व कर्मचारी तारा चालिसेले महाप्रबन्धक संस्था र कर्मचारीको हितमा भन्दा निजी स्वार्थमा केन्द्रीत भएकाले समस्या श्रृजना भएको बताए ।

एक महिनासम्म धर्ना बस्दा पनि समस्या सम्बोधन नभएपछि साझाका कर्मचारीले भोली देखि कडा आन्दोलन गर्ने चेतावनी दिए ।

कर्मचारीहरु असार ३२ गते देखि दैनिक कार्यालय समयमा साझा प्रकाशन परिसरमा धर्ना बस्दै आएका छन् । साझा प्रकाशनका अधिकृत स्तरका २२ जना, सहायक स्तरका ६९ जना गरी १२८ जना कर्मचारीले स्वेच्छिक अवकास दिएका थिए ।

प्रकाशनले अवकास प्राप्त कर्मचारीहरुको उपदान बापत १७ करोड दिन बाँकी छ । उपदान लगायत सेवा सुविधाको माग गर्दै कर्मचारी तेस्रो पटक आन्दोलनमा उत्रिएका हन् ।