काठमाडौं, ३० साउन । सरकारले पाँच महिनाको अवधिमा के के काम गर्यौ भनेर रिपोर्ट सार्बजनिक गरेको छ । सामान्यतया यस्ता रिपोर्टहरु सयदिन पुगेपछि वा वर्षदिन पुगेपछि सार्बजनिक गर्ने गरिन्छ । ७४ पृष्ठको त्यो रिपोर्टमा यति धेरै बयान र बखान गरिएको छ कि जुन कुरा पढीसकेपछि मानिसहरुलाई पत्याउन कठिनाई परेको छ । रिपोर्ट सार्बजनिक गर्नुभन्दा अलि अगाडी प्रधानमन्त्री केपी शर्मा ओली चाही सरकारले गरेको काम को प्रचार र बचाऊ भएन भनेर आफ्नै पार्टी-पंक्ति भित्र गुनासो पोखिरहेका थिए । सरकारले रिपोर्टमा उल्लेख गरेको कुराहरु वास्तवमै बयान गर्न लायकका छन् वा ति कुराहरु गफै मात्र हुन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वामपन्थी नेता राधाकृष्ण मैनालीसँग गरेको कुराकानी हेर्नुहोस् :
डरलाग्दो दृश्य देखियो, अब संघीयता टिक्दैन : राधाकृष्ण मैनाली (भिडियोसहित)
ताजा समाचार
मौन अवधि सुरु, के गर्न पाइँदैन ?
१ दिन अघि