कैलाली, २९ साउन । प्रदेश ७ को प्रदेशको राजधानी तथा नामाकरणको लागि गठित समितिको समय फेरि पाँच दिन थपिएको छ । प्रदेशका सभामुख अर्जुनबहादुर थापाले समितिको म्याद दोस्रो पटक पाँच दिन थप गरेका हुन् ।
समितिले सरोकारवाल पक्षसँग छलफल नसकेकाले सयम थप गरिएको हो । यहि साउन १४ गते गठित समितिलाई सुरुमा सात दिनको समय दिइएको थियो ।
साउन २१ गते सम्म समितिले नाम र राजधानीका विषयमा टुङ्गो लगाउन नसकेपछि पुनः सदनबाट सभामुखले २८ गतेसम्मका लागि म्याद थप गरेका हुन् ।




