मोरङ, २९ साउन । मोरङको लेटाङ नगरपालिकामा रहेकोे श्री माध्यमिक विद्यालयमा विषादी मिसिएको पानी पिउँदा २२ जना बिद्यार्थी बिरामी परेका छन् ।
बिरामी भएका मध्ये श्रृष्टि निरौला र खुश्बुुु मिश्रको अवस्था गम्भीर रहेको छ । गम्भीर बिरामी भएका दुबै जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरु बिद्यार्थीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
विद्यार्थी घरमा पुगेपछि बान्ता गर्न थालेकाले अभिभावकले अस्पताल पु-याएका थिए । प्रहरीका अनुसार बिद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्यक्तिले बिष मिसाएका हुन । विद्यालयको पानी टंयाकीमा साइपर मेथिन नामको विषादी मिसाइएको प्रहरीले जनाएको छ । पानीमा विषादी कसले हालेको भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।