संघीयता कमजोर भए मुलुक दुर्घटनामा फस्छ : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

संघीयता कमजोर भए मुलुक दुर्घटनामा फस्छ : मन्त्री यादव

काठमाडौं, २९ साउन । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताएका छन् । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहेका उनले संघीयता कमजोर भए मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिए । उपप्रधानमन्त्री यादवले संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भईरहेको दावी गर्दै सचेत रहन पनि आग्रह गरे ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालका संघीयता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताले मात्रै मुलुकका सबै समूदायको अधिकारलाई सुनिश्चित गर्ने बताए । उपप्रधानमन्त्री यादवले सबै समुदायको पहिचानलाई स्थापित हुनेगरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);