लागू औषध नियन्त्रणको कामलाई उच्च प्राथमिकता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

लागू औषध नियन्त्रणको कामलाई उच्च प्राथमिकता

बाँके, २८ साउन । जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध नियन्त्रणको कामलाई उच्च प्राथमिकता दिने योजना अघि सारेको छ । बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले लागू औषध नियन्त्रणलाई उच्च प्राथमिकता दिने कार्ययोजना तय गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएका उनले आफ्नो कार्यभार सम्हाल्दै बाँकेको मुख्य समस्या लागू औषध सेवन तथा ओसारपसार भएकाले त्यसलाई नियन्त्रण गर्ने कामलाई आफूले उच्च प्राथमिकता दिने योजना अघि सारेको स्पष्ट पारे ।

स्थानीय संचारकर्मीमाझ प्रहरी उपरीक्षक पौडेलले लागू औषध नियन्त्रण, रोकथाम र न्यूनिकरणको कामलाई प्रभावकारी बनाउन प्रदेश प्रहरीसँग आवश्यक सहकार्य गर्ने बताए ।

प्रहरी उपरीक्षक पौडेलले गुण्डागर्दी नियन्त्रण र सवारी दुर्घटना न्यूनिकरणका लागि पनि व्यापक प्रहरी परिचालन गर्ने जानकारी दिए । उनले घटना भएको १० मिनेट भित्र प्रहरी उपस्थित हुनेगरी परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);