काठमाडौँ, ६ भदौ । यस बर्षको दसैंमा खसीबोकाको मूल्यवृद्धि हुने भएको छ। बाढीपहिरोले बाटो अवरोध हुँदा उपत्यकामा मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत देखिएको हो।
दशैंमा खसीबोकाको खपत धेरै हुने र सोहीअनुसार ल्याउन नसक्दा मूल्य बढ्ने देखिएको व्यवसायीको भनाई छ । अहिलेदेखि नै बजारमा खसीबोकाको मूल्य बढ्न थालेको छ। आजको कारोबार दैनिकमा खबर छ।