कांगेसले सरकार विरुद्ध अधिनायकवादको कृतिम हल्ला फैलायो : मन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

कांगेसले सरकार विरुद्ध अधिनायकवादको कृतिम हल्ला फैलायो : मन्त्री ज्ञवाली

pradeep gyawali

भक्तपुर, २७ साउन । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्ष कांगेसले सरकार विरुद्ध अधिनायकवादको कृतिम हल्ला गरेर भ्रम फैलाएको टिप्पणी गरेका छन् । भक्तपुरमा भएको एक साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले प्रतिपक्षको हल्लाले सरकारलाई असर नपर्ने बताए ।

सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउँदै उनले देशलाई सम्बृद्ध बनाउने लक्ष्य पूरा गर्ने दाबी गरे । सरकारको काममा ढिलाई भएको भन्दै गरिएको आलोचनालाई सुझाबको रुपमा लिएको ज्ञवालीको भनाइ छ ।

काँग्रेसले विरोधका लागि विरोध मात्रै गरेको भन्दै मन्त्री ज्ञवालीलेसत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा बिरोध गरेर चर्चामा आउँन खोजेको टिप्पणी गरे । उनले भारतसँग विश्वासको आधार निर्माण गरिसकेको र चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सरकार सफल भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);