आफ्नोबारे गलत प्रचार भैरहेकोमा हेमानन्दको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

आफ्नोबारे गलत प्रचार भैरहेकोमा हेमानन्दको आपत्ति

काठमाडौं, २६ साउन । अखिल भारतीय विद्धत परिषद, धर्म महामण्डल, वल्र्ड हिन्दु परिषदले प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार भैरहेकोमा आपत्ति जनाएकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शंकराचार्य गिरीले केही गलत मानसिकता भएका कथा वाचकहरुले आफ्नोबारे नकारात्मक प्रचार गरेर आफ्नो बद्नाम गर्न खोजेको आरोप लगाईन् ।

वेद, पुराण, भागवत गीता लगायतका धार्मिक ग्रन्थहरुले नारीहरुलाई शंकराचार्य नहुने भनेर कहीँ कतै नलेखेको दाबी गर्दै गिरीले भनिन्,‘मैले सनातन हिन्दु धर्मको उद्गमस्थल पशुपतिनाथमा शंकराचार्यको क्षत्रि ओड्ने चाहना राखेको थिएँ, मेरो बारेमा गलत प्रचार गरेर सरकारलाईसमेत भम्रमा पार्न खोजियो, गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’

आफ्नो बारेमा उठेका प्रश्नहरुका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेपनि भेट सम्भव नभएको उनको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);