सिक्टामा अख्तियारले थाल्यो छानबिन | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

सिक्टामा अख्तियारले थाल्यो छानबिन

sikta sichai

काठमाडौं, २६ साउन । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ।

सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति गठन गरिएको छ,’ दंगालले भने। ठेकेदारलाई उन्मुक्ति दिने चलखेल भइरहेको अवस्थामा अख्तियारले नहर निर्माणस्थलमै पुगेर गुणस्तरसमेत परीक्षण गर्ने भएको छ। ‘नहरको भेरिएसन र डिजाइनको विषयमा पनि प्रश्न उठेको छ,’ दंगालले भने, ‘सबै पक्षमा अध्ययन हुन्छ।’ अनियमितता भएको प्रमाण भेटिए कारबाही प्रक्रिया अघि बढाउने अख्तियारले जनाएको छ।

दुई वर्षअघि परीक्षण क्रममा भत्किएको मूल नहर मर्मत गरिएको थियो। सो नहर पुनः गत साउन ७ गते परीक्षण गर्दा भत्किएको छ। आयोजनाका तत्कालीन उच्च अधिकारी र ठेकेदार कम्पनीको मिलेमतोमा निर्माण कम्पनी कानुनी दायरामा आउन सकेको छैन। अनियमितता विषयमा प्रश्न उठेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि बिहीबार छानबिन समिति गठन गरेको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);