सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’ | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’

Susilalokman

काठमाडौं, २६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो।

‘टोलीमा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे! अर्कोले मलाई छेउमै बोलाएर भन्यो– बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ,’ सुवेदीको पुस्तकमा उल्लेख छ, ‘लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो।’

पुस्तकको यो प्रसंगले ठूला मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलाई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको छ। प्रधानन्यायाधीश निवासमा बस्दा सबभन्दा ठूलो सकसचाहिँ लोकमानको मुद्दा आएपछि भएको सुवेदीले लेखेका छन्।

अख्तियार प्रमुख आयुक्त हुन ‘लोकमानसिंह कार्कीको योग्यता पुग्दैन, उनी अयोग्य हुन्’ भनेर मुद्दा परेको थियो । जनआन्दोलन दबाउने काममा पनि सक्रिय भएकाले उनलाई अयोग्य भनिएको थियो। तर, न्यायाधीश गोपाल पराजुलीलगायतको इजलासले उनलाई चोख्याइदिएपछि यसमा पुनरावेदन परेको थियो।

तत्कालीन प्रधानन्यायाधीश सुशीलाले यो मुद्दालाई निस्सा दिएर पुनरावलोकनमा पठाएकी थिइन्। लोकमानको अयोग्यतामाथि फेरि बहस हुन लागेको र उनलाई महाभियोग लगाउनुपर्ने भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. गोविन्द केसीको नेतृत्वमा आन्दोलन सुरु भइसकेको थियो। त्यो बेलादेखि नै लोकमानले प्रधानन्यायाधीशलाई आफ्नो प्रभावमा पार्न अनेक ‘तिकडम’ गर्न थालेको पुस्तकमा उल्लेख छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);