प्रधानसेनापतिद्वारा विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

प्रधानसेनापतिद्वारा विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्घाटन

काठमाडौं, २२ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाडौंको गोकर्णमा विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्घाटन गरेका छन् ।

नेपाली सेनाले युद्ध बाहेकका अपरेशनहरु विपद् व्यवस्थापन, प्रकृति संरक्षण, विकास निर्माण, चुरे क्षेत्र संरक्षण, निजामति प्रशासनलाई सहयोग तथा सैनिक–नागरिक सम्बन्धमा अभिवृद्धि गर्ने कार्यहरुलाई प्राथमिकताका साथ निरन्तर रुपमा बहन गर्दै आई रहेको छ ।

भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोपको क्षति न्युनिकरणको लागि यस शिक्षालयले विपद् व्यवस्थापनको लागि छिटोछरितो र सुरक्षित तरिकाले उद्धार गर्ने प्रविधि तथा कौशलमा निपूर्ण बनाउने तालिमहरु सञ्चालन गर्ने छ ।