'होमवर्क' गर्दागर्दै पुरिए बालक, शोकमा डुब्यो ठाँटीबजार | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

‘होमवर्क’ गर्दागर्दै पुरिए बालक, शोकमा डुब्यो ठाँटीबजार

balak

काठमाडौं, २२ साउन । कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे ।
आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् । फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले घरसँगै उनका दुई भाइ गोविन्द र दशरथलाई पुरिसकेको थियो । अर्का भाइ सुरेन्द्र धारामा पानी भर्न गएकाले बचेछन् ।

उक्त दिन बिहान विद्यालयले दिएको होमवर्क गरिरहेका अन्य दुई बालक नवीन परियार र नरेन्द्र परियार पनि पुरिए । ‘आफूले दुख पाए पनि भाइहरूलाई पढाएर ठूलो मान्छे बनाउने सपना दैवले चुँडेर लियो,’ भावविह्वल अवस्थामा रहेकी शर्मिलाले बिलौना गर्दै भनिन्, ‘मेरा लागि छोरासरह थिए भाइहरू, हे दैव यस्तो अन्याय किन गरिस् ।’

आइतबार बिहानको पहिरोले भेरी नगरपालिका ६, गंगटियाका लालबहादुर लुहारको परिवारमा पनि बज्रपात भयो । ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्न तीन महिनाअघि सदरमुकाम खलंगाको ठाँटीबजारस्थित तीर्थराज बोहराको घरमा डेरा सरेको थियो लालबहादुरको परिवार । उनकी छोरी ९ वर्षीया भगवती ३ कक्षा, ६ वर्षीया रञ्जना तथा चार वर्षीया मनिसा १ कक्षामा हनुमान प्राथमिक विद्यालय थाप्लेमा पढ्थे ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।