मदन विश्वकर्मा, बाजुरा
बाजुरा, २१ साउन । अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने ५७ किलोमिटर सडकखण्ड पहिरोको कारण अवरुद्ध बनेको छ । सदरमुकाम आसपासका गाउँहरु समेत पहिरोको उच्च जोखिममा छन् ।
यस सडकखण्डको ठाउँठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । अछामको बुढाबगर, बाजुराको ताप्रिसेरा गुइगाड, तिपाडा लगायतका ठाउँमा पहिरो झर्ने गरेको छ । बुढिगंगा नदीले सडक भएकै ठाउँ कटान गरेपछि यातायात सञ्चालनमा समस्या भएको छ ।
पहिरोका कारण सदरमुकाम आसपासका गाउँहरु र बाजुराका सरकारी कार्यालयहरु जोखिममा परेका छन् । पहिरोले सडक अवरुद्ध हुँदा पनि पन्छाउन सरोकारवालाले चाँसो नदिएको स्थानीयले गुनासो गरेका छन् । पहिरोले खेतीयोग्य जमिनमा क्षति पुग्नुकासाथै बाली समेत नष्ट गरेको छ ।
सडक अवरुद्ध भएपछि यात्रु मारमा परेका छन् । सवारी साधन नचल्दा उपभोग्य बस्तुको मूल्य बढेको भन्दै तत्काल सडकको स्तारोन्नति गर्न स्थानीयले माग गरेका छन्