बलात्कारपछि हत्या भएको १३ दिनसम्म पनि दोषी पत्ता लागेन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

बलात्कारपछि हत्या भएको १३ दिनसम्म पनि दोषी पत्ता लागेन

कञ्चनपुर, २१ साउन । कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १३ दिन बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै स्थानीय, अधिकारकर्मी, आमा समूह र विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरुले घटनाको दोषीलाई कारबाहीको माग गर्दै सोमबार पनि विरोध प्रदर्शन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मला भोलिपल्ट मृत अवस्थामा उखु घारीमा फेला परेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);