छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम ! | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम !

terathum

तेह्रथुम, २१ साउन । तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लाख रुपैयाँ इनाम दिने नीति लिएको छ ।

त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ । नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको अधिकारीहरुले जनाएका छन् ।

नागरिकलाई ब्यावासयिक तथा गाउँपालिकामा रहेको नागरिकलाई आर्थिक रुपमा समृद्ध बनाउनका निम्ति अनुदानको कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख सन्तवीर लिम्बुले बताए ।, आजको कारोवार दैनिकमा यो खबर छ ।