नेपाली महिला फुटबल टोलीले ओलम्पिक छनोट खेल्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

नेपाली महिला फुटबल टोलीले ओलम्पिक छनोट खेल्ने

womens football team

काठमाडौं, १९ साउन । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले टोकियो ओलम्पिक (सन् २०२०) को लागि छनोट चरण खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले महिला टोलीको ओलम्पिक छनोट खेल्ने तालिका यसअघि रहेपनि गत बिहिबारको बैठकले ओलम्पिक छनोट खेल खेल्ने पक्का गरेको हाम्रो खेलकुदलाई जानकारी गराए ।

एन्फाले एक साताअघि महिला राष्ट्रिय लिगको आयोजना गरेको थियो । लिगलाई खेलाडी छनोटको आधारको रुपमा रहने एन्फाले बताएको थियो । ओलम्पिक छनोटमा नेपाल छनोटको समूह ‘सी’ मा छ । नेपाल रहेको समूहमा म्यानमार, भारत र बंगलादेश छन् ।

टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भियतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । ओलम्पिक छनोटको पहिलो चरणका खेलहरु नोभेम्वर ४ देखि १३ तारिखसम्म हुनेछ । नेपालले ८ नोभेम्वरमा भारतसँग खेल्दै ओलम्पिक छनोटको शुरुवात गर्नेछ ।

त्यसपछि ११ नोभेम्वरमा म्यानमार तथा १३ नोभेम्वरमा बंगलादेशको सामना गर्नेछन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट हुने ९तेस्रो टोली० दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ । दोस्रो चरणमा छानिएको १२ टोलीलाई फेरि तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।

शीर्ष टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चराण्मा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);