अस्थायी कर्मचारीले फेरि आन्दोलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

अस्थायी कर्मचारीले फेरि आन्दोलन गर्ने

andolan

काठमाडौं, १९ साउन । सरकारलाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले आफूहरूलाई पाँच दिनभित्र सेवामा निरन्तरता नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सरकारले यसअघि आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीसँग तीन महिनाका लागि सेवामा निरन्तरता दिने र तीन महिनाभित्र एउटा कार्यदल दल बनाई स्थायी रूपमा टुंगो लगाउने मौखिक सहमति गरेको थियो। तर, सरकारले सहमति कार्यान्वयन नगरेको आन्दोलरत कर्मचारीको भनाइ छ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले शुक्रबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघका पदाधिकारीले आफूहरूको रोजीरोटी खोसिएमा जस्तोसुकै कडा आन्दोलन गर्न तयार रहेको चेतावनी दिए। संघका केन्द्रीय उपाध्यक्ष तथा आन्दोलन समितिका संयोजक कुमार राउतले भने, ‘हाम्रो राजीरोटी खोस्ने प्रयास भएमा हामी चुप लागेर बस्न सक्दैनौं। नेपालको संविधानले नै रोजगारीको हकको ग्यारेन्टी गरेको छ।’

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले यसअघि नै आफ्ना माग पूरा गर्न सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूको मागलाई आधिकारिक टे«ड युनियनले पनि समर्थन जनाएको छ। पत्रकार सम्मेलनमा आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्य ढकालले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई विकल्प नदिई सरकारले हटाउन नसक्ने बताए। उनले भने, ‘तत्काललाई सबै अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई सेवामा निरन्तरता दिनुपर्छ । स्थायी समाधानका लागि एउटा कार्यदल बनाऔं भन्ने हाम्रो माग हो।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);