सांसद बुढालाई राजीनामा गराउने खेल भएको भन्दै युवाको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

सांसद बुढालाई राजीनामा गराउने खेल भएको भन्दै युवाको आपत्ति

काठमाडौं, १८ साउन । डोल्पाका युवाहरुले आफ्ना सांसद धनबहादुर बुढालाई पदबाट राजीनामा गराउने खेल भईरहेको भन्दै आपत्ति जनाएका छन् । डोल्पाका युवाहरुले सांसद बुढालाई राजीनामा दिन लगाएर सो निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत् ल्याउने षडयन्त्र भईरहेको दावी गर्दै आपत्ति जनाएका हुनु ।

उनीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।

केही दिनयता संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री समेत रहेका बुढालाई राजीनामा दिन लगाएर वरिष्ठ नेता गौतमलाई उपनिर्वाचनमार्फत् डोल्पाबाट सांसद बनाउने चर्चा विभिन्न समाचार माध्याममा आएको थियो ।

त्यसो गरिए मान्य नहुने डोल्पाका युवाहरुको चेतावनी छ । उनीहरुले निर्वाचनमा हार खाएका वरिष्ठ नेता गौतमलाई सांसद बनाए त्यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लागि इतिहासको सबैभन्दा ठूलो कलंक हुने तर्क समेत गरेका छन्।

जनताको आशा र भरोसाका रुपमा रहेका बुढालाई राजीनामा दिन कुनै पनि हिसावले नमिल्ने भएकाले त्यसो नगर्न नेपाल कम्युनिष्ट पार्टीलाई सचेत गराउनु परेको डोल्पाका युवा राजीव शाहीले बताए ।

डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद बुढाले निर्वाचनमा अत्याधिक मत पाएका थिए । स्थानीयले बुढा पाँच वर्षका लागि आफ्नो प्रतिनिधि भएकाले कसैले पनि बीचमा राजीनामा नगराउन नमिल्ने तर्क पनि गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);