समयमै काम सम्पन्न गर्न सरकारले गरायो एडीबीलाई सचेत | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

समयमै काम सम्पन्न गर्न सरकारले गरायो एडीबीलाई सचेत

rajan khanal

काठमाडौं, १७ साउन । सरकारले तोकिएकै समयभित्र परियोजनाको काम सम्पन्न गर्न एशीयाली विकास बैंक (एडीबी) लाई सचेत गरेको छ ।

बिहिबार काठमाडौंमा आयोजित ‘एडीबीको रिभ्यू मिटिङ’ लाई सम्बोधन गर्दै अर्थसचिव राजन खनालले तोकिएकै समय भित्र परियोजनाको काम सम्पन्न गर्न एशीयाली विकास बैंकलाई सचेत गराए । समयमै परियोजनाको काम सम्पन्न नहुँदा लगानी बढ्न जानेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले एडीबीका सबै परियोजनालाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिरहेको दाबी गरे ।

कार्यक्रममा एडीबीका देशीय निर्देशक मुख्तोर खमुदखानोभले मेलम्ची खानेपानी आयोजनालगायतका कामलाई सम्पन्न गर्न तिव्रता दिइएको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काममा पनि ढिलाई नहुने स्पष्ट पारे ।

एडीबीले नेपालको पूर्वाधार, खानेपानी, विमानस्थल निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।