संसद सुरु भएको करिब ५ महिनापछि गठन भयो राष्ट्रियसभाका चार विषयगत समिति | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

संसद सुरु भएको करिब ५ महिनापछि गठन भयो राष्ट्रियसभाका चार विषयगत समिति

rastriya sava

काठमाडौं, १७ साउन । राष्ट्रियसभाले चार वटा विषयगत समिति गठन गरेको छ ।

बिहिबारको राष्ट्रियसभा बैठकले नियमावलीको नियम १ सय ४९ बमोजिम मातहता चार वटा विषयगत समिति गठन गरेको हो । बैठकले समितिमा रहने सदस्यहरुको नाम समेत अनुमोदन गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो तर्फबाट समितिमा रहेन सदस्यहरुको नामावली दिएपछि समिति गठन गरिएको हो ।

जस अनुसार दिगो विकास तथा सुशासन समितिमा १४ सदस्य, विधायन व्यवस्थापन समितिमा १४ जना सदस्य,प्रत्यायोजित व्यवस्थापन तथा सरकारी समितिमा १३ जना सदस्य र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा १४ जना सदस्यको नाम बैठकबाट अनुमोदन भएको छ । संसद सुरु भए लगत्तै बन्नुपर्ने विषयगत समितिहरु झण्डै ५ महिनापछि मात्रै बनेका छन् ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १ सय ४९ मा राष्ट्रियसभाका प्रत्येक समितिमा अध्यक्षले राष्ट्रियसभाको अनुमति लिई बढीमा १५ जना सदस्यहरु मनोनयन गर्ने व्यवस्था रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);