काठमाडौं, १६ साउन । नेदरल्याण्ड्स विरुद्ध पारसले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ८ ओभर बलिङ गर्दे २० रन खर्चिएर ४ विकेट लिइसकेका छन् । ४० ओभरको चौंथो बलमा पारसले पुन अर्के विकेट लिंदै नेपाललाइ आठौं सफलता दिलाए ।
अहिले ४१ ओभर सम्मको खेलमा नेदरल्याण्ड्सले ८ विकेट गुमाउदै १६२ रन बनाएको छ । नेपालको लागि कप्तान पारस खड्काले ४ विकेट लिएका छन् । त्यस्तै सोम्पल कामीले समान २ विकेट लिएका छन् भने सन्दीप लामिछाने र बसन्त रेग्मीले समान १- १ विकेट लिएका छन् ।