किन उत्तर कोरिया फेरि ब्यालेस्टिक मिसाइल बनाउन थाल्यो ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

किन उत्तर कोरिया फेरि ब्यालेस्टिक मिसाइल बनाउन थाल्यो ?

एजेन्सी, १५ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ–उनबीच गत जुन महिनामा भएको सिङगापुर वार्तापछि उत्तर कोरियाको परमाणु कार्यक्रम निरुत्साहित हुने अपेक्षा गरिएको थियो ।

तर, यसको विपरित उत्तर कोरियाले तरल इन्धनयुक्त अन्तरमहाद्धिपीय ब्यालेस्टिक मिसाइल बनाउन लागेको खुलासा भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमजोङ उनबीच सिङगापुरमा १२ जुनमा भएको ऐतिहासिक वार्ता पछि उत्तर कोरियाले परमाणु निशस्त्रीकरणका लागी सहमति जनाएपछि यस तर्फ काम अघि बढ्नु पर्ने बेलामा उत्तर कोरियाले फेरि मिसाइल निर्माणतर्फ जुटेको वासिङगटन पोष्टले खुलासा गरेको छ ।

अमेरिकी गुप्तचर एजेन्सी र सेटेलाइट तस्बीरको आधारमा उत्तर कोरियाले नयाँ मिसाइल निर्माण गरिरहेको दावि अमेरिकी अधिकारीहरुले गरेका छन् । इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल आइसि बि एम निर्माण गरिएको फ्याक्ट्रि मै नयाँ मिसाइल बनाउने काम भैरहेको जनाइएको छ ।

सानुमडोंग फैक्ट्रिमै कम्तिमा २ वटा आएसिबिएम मिसाइल बनाउने काम जारी रहेको दावि गरिएको छ । यस अघि अमेरिकि विदेश मन्त्रि माइक पोंपियोले उत्तर कोरियाले परमाणु हतियार निमार्णमा प्रयोग हुने सामाग्रिको निर्माण कार्य गरिरहेको बताएका थिए ।

तर माइक पोंपियोले नयाँ मिसाइल निर्माण गरिरहेको छ वा छैन त्यस बारेमा खुलस्त रुपमा बताएका छैनन् । अमेरिकी अधिकारीहरुले ठोस इन्धनयुक्त इन्टर कन्टिनेन्टल मिसाइल भन्दा तरल इन्धनयुक्त मिसाइल कम खतरनाक हुने बताउँछन् ।

अमेरिकी गुप्तचर संस्थाबाट चुहिएको विवरणमा उत्तर कोरिया आफ्नो एक मात्र परमाणु सम्बद्र्धन केन्द्रको क्षमता बढाउदै अन्य परमाणु स्थललाई पनि बिकशित गरिरहेको दावि गरिएको छ ।

उत्तर कोरियासँग अमेरिकी राष्ट्रपतिले वार्ता गर्दा ठोस प्रतिवद्धता बिना नै ढिलाई दिएपछि यो परिस्थिति उत्पन्न भएको चर्चा अमेरिकिहरुबीच भैरहेको छ ।

अमेरिका र उत्तर कोरियाबीच सुधार हुन लागेको सम्बन्धमा उत्तर कोरियाले पुन मिसाइल निमार्ण गरिरहेको खबरबाट उत्तर कोरियामा प्रतिकुल अवस्था उत्पन्न हुन सक्ने आशंका बढेकोे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);