प्रदेश-१ को दोस्रो अधिवेशन सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

प्रदेश-१ को दोस्रो अधिवेशन सुरु

विराटनगर, १३ साउन । प्रदेश नम्बर एकको प्रदेशसभाको दोस्रो अधिवेशन सुरु भएको छ । आइतबादेखि सुरु भएको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनजिविकाको विषयमा सरकारको ध्यानकर्षण गराएका छन् ।

सांसद सावित्राकुमारी रेग्मीले पूर्वाञ्चल विश्वविद्यलयमा प्राध्यापक पदपूर्ति गर्दा पारदर्शि ढंगबाट गर्न सरकारको ध्यानकर्षण गराइन् ।

त्यस्तै सांसद सीता थेवेले कृषकहरुले उत्पादन गरेको तरकारीले बजार नपाएर मिल्काउनु परेको भन्दै बजारको व्यवास्थापन गर्न सरकारको ध्यानकर्षण गराइन् । बैठकले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले पेश गरेको प्रदेश वित्त व्यवस्थापन बिधेयक पारित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);