सीबीएसका प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

सीबीएसका प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

Les Moonves

अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन् । लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन् ।

त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चारजनाले बैठकका दौरान आफूहरूलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् । एक लेखमा समाविष्ट एउटा विज्ञप्तिमा ६८ वर्षीय मून्भेसले आफ्नो कारणले केही महिलाहरूलाई ‘असहज भएको’ स्वीकारेका छन् ।

तर यौन दुर्व्यवहार गरेको आरोप चाहिँ उनले अस्वीकार गरेका छन् । उनले भनेका छन्, “त्यो गलत थियो र त्यसका लागि म एकदमै प्रायश्चित्त गर्छु। तर मैले सधैँ बुझ्ने गरेको छु र सम्मान गरेको छु ।”

“मैले कसैको जागिरमा क्षति पुर्‍याउन अथवा तगारो हाल्न आफ्नो पदको कहिल्यै दुरुपयोग गरेको छुइनँ । “एउटा वक्तव्यमा सीबीएसले मून्भेसमाथि लगाइएका आरोपबारे अध्ययन गरिरहेको र ‘उपयुक्त कदम चाल्ने’ जनाएको छ ।

हलिवूड चलचित्रका निर्माता हार्भी वाइन्स्टिनले यौन दुर्व्यवहार गरेका रिपोर्टहरू बाहिर ल्याएकोमा यस वर्षको पुलित्जर पुरस्कार पाएका रोनन फ्यारोले पछिल्लो समाचार प्रकाशमा ल्याएका हुन् । मून्भेसले यौन दुर्व्यवहार गरेको भनिएका केही घटना २० वर्षभन्दा पहिले भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);