संसदमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई अाेलीकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

संसदमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई अाेलीकाे निर्देशन

kp oli pm

काठमाडौं, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डाक्टर गोविन्द केसीसंग भएको सहमति कार्यान्वयनका लागि सघाउ पुर्याउँदै संसदमा प्रभावकारी भुमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकमा दलका नेता एंव प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर केसीसंग भएको सहमतिको जानकारी गराउँदै सहमति कार्यान्वयनका लागि आवश्यक सहयोग पुर्याउन निर्देशन दिए ।

सरकारले काठमाडौं उपत्यकामा १० बर्ष मेडिकल कलेज खोल्नका लागि अनुमति नदिने गरि बिहीबार राती डाक्टर केसीसंग सहमति गरेको थियो ।

डाक्टर केसीको मागलाई नै मुख्य एजेण्डा बनाई प्रतिपक्षी दलले संघीय संसद अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री ओलीले सहमति अनुसार अघि बढ्दै संसदमा भुमिकालाई प्रभावकारी र शसक्त बनाउन निर्देशन दिए ।

सहमति जुटाउनका लागि अन्तिम समयमा आएर मध्यस्थकर्ताको भुमिका निर्वाह गरेका उपनेता सुवास नेम्वाङले वार्ताका क्रममा आईपरेका समस्या, सम्बोधनका लागि गरिएको प्रयास र ७ बुँदे सहमतिबारे जानकारी गराएका थिए ।

डाक्टर केसीसंग भएको सहमति अनुसार संसदीय प्रक्रिया मार्फत नै विधेयकमा परिमार्जन गरिने नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ्गले जानकारी दिए ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि १५ आैँ पटक अनसन बसेका डाक्टर केसीले सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता सहति ७ बुँदे सहमति गरेपछि बिहीबार २७ औँ दिनको दिन अनसन तोडेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);