सबै भन्दा लामो खग्रास चन्द्र ग्रहण आज लाग्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

सबै भन्दा लामो खग्रास चन्द्र ग्रहण आज लाग्ने

garan

काठमाडौं, ११ साउन । आज सवै भन्दा लामो खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ ।

शुक्रबार लाग्ने यो चन्द्रग्रहण २१ औं शताव्दीको सवैभन्दा लामो खग्रास चन्द्रग्रहण हो । यसकोे मुख्य प्रभाव १ घण्टा ४३ मिनेटको रहने तर ग्रहणको प्रभाव ६ घण्टा १५ मिनेट सम्म रहने खगोलविधहरुको भनाइ छ । आज मध्य राती १२ बजेर ९ मिनेटबाट ग्र्रहण शुरु हुनेछ भने राति सवा १ हुँदा चन्द्रमालाइ पूर्णरुपले पृथ्वीको छायाले छेक्नेछ ।

खग्रास चन्द्रग्रहणको समाप्ति बिहान २ बजेर ५६ मिनेटमा हुनेछ । नेपाल सहित दक्षिण एशिया, हिन्द महासागर क्षेत्र, अफ्रिका, मध्यपूर्व र एशिया प्रशान्त क्षेत्रबाट चन्द्रग्रहण देख्नसकिने छ । ग्रहण लागेकाबेला शुभकार्यहरु गर्न नहुने खगोलविद्हरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);