असोज १९ गतेदेखि नेपाल–चीन एक्स्पो हुने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

असोज १९ गतेदेखि नेपाल–चीन एक्स्पो हुने

nepal china

काठमाडौं, १० साउन । आगामी असोजमा नेपाल–चीन एक्स्पो हुने भएको छ । नेपाल र चीनबीचको व्यापार र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ आगामी असोज १९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल–चीन एक्स्पो आयोजना गर्न लागिएको हो ।

अरनिको सांस्कृतिक तथा व्यवसायिक प्रवर्धन समाजले बिहिबार ललितपुरमा पत्रकार सम्मेलन गरी दुई मुलुकबीचको आर्थिक तथा सांस्कृतिक विकासमा जोड दिएर एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

५ दिनसम्म चल्ने एक्स्पोमा करिब सय वटा स्टल रहने जनाइएको छ । २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा सहभागी हुन समाजले सबैलाई आह्वान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);