भोलि ६ घण्टा १५ मिनेट लामो खग्रास चन्द्रग्रहण लाग्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

भोलि ६ घण्टा १५ मिनेट लामो खग्रास चन्द्रग्रहण लाग्ने

chandragrahan

काठमाडौं, १० साउन । श्रावण ११ गते शुक्रबार सबै भन्दा लामो खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । शुक्रबार लाग्ने यो चन्द्रग्रहण २१ औं शताब्दीको सबैभन्दा लामो खग्रास चन्द्रग्रहण हो ।

यसकोे मुख्य प्रभाव १ घण्टा ४३ मिनेटको रहने तर ग्रहणको प्रभाव ६ घण्टा १५ मिनेट सम्म रहने खगोलविधहरुको भनाइ छ । शुक्रबारको मध्य राती १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ भने राती सवा १ हुँदा चन्द्रमालाइ पूर्णरुपले पृथ्वीको छायाले छेक्नेछ । खग्रास चन्द्रग्रहणको समाप्ति बिहान २ बजेर ५६ मिनेटमा हुनेछ ।

नेपाल सहित दक्षिण एशिया, हिन्द महासागर क्षेत्र, अफ्रिका, मध्यपूर्व र एशिया प्रशान्त क्षेत्रबाट चन्द्रग्रहण देख्नसकिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);