आन्दोलनरत दुई दर्जनबढी चिकित्सक प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

आन्दोलनरत दुई दर्जनबढी चिकित्सक प्रहरी नियन्त्रणमा

काठमाडौं, १० साउन । दुई दर्जनबढी चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डा. गोविन्द केसीको माग सम्बोधन गर्दै दवाव दिँदै शिक्षण अस्पताल महाराजगंज अगाडिको सडकमा प्रर्दशनमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रधानमन्त्री निवास बालुवाटारतिर अघि बढ्न खोजेका चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिनु अघि दुई पक्षबीच धकेलाधकेल समेत भएको थियो ।

त्यस अवसरमा चिकित्सकहरुले गोविन्द केसीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने लगायतका सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै डा. केसीले अनसन बसेको बिहीबार २७ औं दिन पुगेको छ । यसबीचमा सरकार उनको माग सम्बोधन गर्न गम्भिर नदेखिएको प्रर्दशनमा उत्रिएका चिकित्सकहरुको आरोप छ ।

प्रर्दशनका क्रममा उनीहरुले सरकार माफियाको चंगुलमा फसेकाले केसीको माग सम्बोधन गर्न तयार नदेखिएको आरोप पनि लगाएका थिए । नेपाल चिकित्सक संघको आह्वानमा वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै देशभरका सबै सरकारी अस्पतालमा पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

गोविन्द केसीको मागलाई आफूहरुले भनेजसरी सम्बोधन गर्नुपर्ने लगायतको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि सरकारविरुद्ध सडक र सदन दुवैतिरको आन्दोलनलाई तीव्रता दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);